मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड र एस्टन भिल्ला तथा चेल्सी र नटिङ्घम फरेस्टले बराबरी खेले

इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड र एस्टन भिल्ला तथा चेल्सी र नटिङ्घम फरेस्टले बराबरी खेले

न्यूजस्टोरी

इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यान्चेस्टर युनाइटेड र एस्टन भिल्ला तथा चेल्सी र नटिङ्घम फरेस्टले बराबरी खेलेका छन् ।

गएराति भिल्ला पार्कमा भएको खेलमा घरेलु टोली एस्टन भिल्लासँग युनाइटेड गोलरहित बराबरीमा रोकिएको हो । बराबरीसँगै जारी लिगमा ७ खेलबाट ८ अङ्क जोडेको युनाइटेड १४औँ स्थानमा छ । युनाइटेडको यो दोस्रो बराबरी हो । समान खेलबाट १४ अङ्क सहित भिल्ला पाँचौँ स्थानमा छ ।

यस्तै, हिजै भएको अर्को खेलमा चेल्सी र नटिङ्घम फरेस्टले १–१ गोलको बराबरी खेलेका छन् । चेल्सीका लागि नोनी मान्डुएकले गोल गरे भने नटिङ्घमका लागि क्रिस वुडले गोल गरेका थिए । लिगमा सात खेलबाट १४ अङ्क बनाएको चेल्सी चौथो तथा समान खेलबाट १० अङ्क जोडेको नटिङ्घम फरेस्ट १० औँ स्थानमा छ ।