मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली एभरेस्ट महिला भलिबल लिगको फाइनलमा

कर्णाली एभरेस्ट महिला भलिबल लिगको फाइनलमा

न्यूजस्टोरी

कर्णाली यश्विस लगातार चौथो जीतसहित एभरेस्ट महिला लिग भलिबलको फाइनलमा पुगेको छ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हिजो भएको खेलमा कर्णालीले चितवन शक्तिलाई ३–२ को सेटमा हरायो । कर्णालीले दोस्रो सेट २५–१८, चौथो सेट २५–१५ र पाँचौं सेट १५–१३ जित्यो । चितवनले पहिलो सेट २५–२० र तेस्रो सेट २५–२१ ले जित्यो ।

यस्तै हिजै भएको अर्को खेलमा गण्डकी थन्डर्सले ललितपुर क्वीन्सलाई ३–२ को सेटमा हरायो । गण्डकीले दोस्रो सेट २५–२३, तेस्रो सेट २५–१२ र पाँचौं सेट १५–६ जित्यो । ललितपुरले पहिलो सेट २९–२७ र चौथो सेट २५–१३ ले जित्यो ।