मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्माण व्यवसायीको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ- अर्थमन्त्री पौडेल

निर्माण व्यवसायीको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ- अर्थमन्त्री पौडेल

न्यूजस्टोरी

काठमाडौं, १६ असोज । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरूको २० अर्ब रुपैयाँ भुक्तानी भएको बताउनुभएको छ ।

अर्थ मन्त्रालयमा आज निर्माण व्यवसायी महासङ्घको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले व्यवसायीहरूले निर्माण सम्पन्न गरेका आयोजनाहरूको भुक्तानी दायित्व राज्यले तत्काल निकासा गर्ने प्रतिबद्धता अनुरूप नै निरन्तर रूपमा भुक्तानी भइरहेको बताउनुभयो । उहाँले अहिले पनि प्रक्रिया पूरा गरेर आएका निर्माण व्यवसायीहरूको भुक्तानी नरोकिएको दाबी गर्नुभयो ।

मन्त्री पौडेलले निर्माण व्यवसायीहरूले सरकारबाट पाउनुपर्ने भुक्तानी दशैँअघि नै दिने प्रयासमा रहेको बताउनुभयो । उहाँले चालू आर्थिक वर्षको बजेटबाट गएको वर्षको दायित्वका योजनाहरूको विषयमा व्यवसायीहरूले चिन्ता गर्नु नपर्ने बताउनुभयो ।

विपद्का कारण निर्धारित समयमा आयोजनाहरू सम्पन्न नहुने भएकाले आयोजनाको म्याद थप्नुपर्ने सुझावलाई सरकारले ग्रहण गर्ने अर्थमन्त्री पौडेलको भनाइ छ ।