मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकी थन्डर्समाथि चितवन शक्तिको जित

गण्डकी थन्डर्समाथि चितवन शक्तिको जित

न्यूजस्टोरी

गण्डकी थन्डर्समाथि जित हासिल गर्दै चितवन शक्तिले एभरेस्ट महिला भलिबल लिगमा सुखद सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार भएको खेलमा चितवनले गण्डकीमाथि ३–१ सेटको जित निकालेको हो।

पहिलो सेट आफ्नो बनाएको ह‍ो। तर, दोस्रो सेटमा भने चितवनका खेलाडीले थकित महसुस गरे। त्यसैले सुरूआतदेखि नै चितवन गण्डकीसँग पछाडि परेको थियो। गण्डकीले सुरूआती अग्रता कायम राख्दै १९-२५ ले सेट आफ्नो बनाउँदै खेलमा पुनरागमन गर्न सफल भयो।

तेस्रो सेटमा पनि चितवनले संघर्ष गर्‍यो। सेट पोइन्ट ९२४-१९० मा रहेको बेला एक अंक जोड्दा चितवनले ४ अंक गुमायो। तर, अन्तमा सेट २५-२३ ले आफ्नो पार्‍यो। चौथो सेटमा भने चितवनलाई जित हासिल गर्न खासै असहज परस्थिति आइपरेन। उक्त सेट चितवनले २५-१७ ले आफ्नो बनाउँदै तीन अंक जोड्यो।