मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

होटल तथा रेस्टुरेन्टमा एमआरपी लागू नगर्न आग्रह, व्यापार नै नचल्ने दाबी

होटल तथा रेस्टुरेन्टमा एमआरपी लागू नगर्न आग्रह, व्यापार नै नचल्ने दाबी

न्यूजस्टोरी

काठमाडौं, ९ असोज । होटल तथा रेस्टुरेन्टमा पनि खाद्य र पेय पदार्थ अधिकतम खुद्रा मूल्य ९एमआरपी० मै बिक्री गर्न बाध्य पारिएको भन्दै होटल सङ्घ नेपाल र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपालले असन्तुष्टि जनाएका छन् ।

होटल तथा रेस्टुरेन्ट व्यवसायमा भाडा, बिजुली, पानी, स्वास्थ्य सुरक्षा, कर्मचारीलगायत ठूला ब्रान्डका अन्तर्राष्ट्रिय प्रचलनअनुसार पाँच तारे डिलक्स लगायतका स्तरअनुसार नेपाल सरकारको मापदण्ड पूरा गर्नुपर्दा हुने ुओभरहेडु खर्च नै बढी हुने भएको हुँदा एमआरपीमा खाद्य तथा पेय पदार्थ उपलब्ध गराउँदा व्यवसाय सञ्चालन हुन नसक्ने सङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।

विश्वव्यापी प्रचलनअनुसार मुनाफा राखेर खाद्य तथा पेय पदार्थ बिक्री वितरण गर्न पाउने नैसर्गिक अधिकार हुने गरी अहिले वाणिज्य विभागले अनुगमन गरिरहेको सङ्घका महासचिव तथा प्रवक्ता साजन शाक्यले बताउनुभएको छ । उहाँले एमआरपीमा तोकिएकै मूल्यमा बिक्रीरवितरण गर्दा कुनै पनि व्यवसाय सञ्चालन हुन नसक्ने पनि जिकिर गर्नुभयो ।

‘होटल तथा रेस्टुरेन्ट भनेको ग्राहकलाई उच्च स्तरको सेवा प्रदान गरी व्यवसाय गर्ने संस्थारप्रतिष्ठान हो । यसले आफ्नो व्यवसाय गर्दा आफूले प्रदान गर्ने सेवाको मूल्यसूची तोकी मेन्यु बनाई ग्राहकलाई पूर्वजानकारी दिने हुँदा त्यसरी दिएको सेवामा उपभोक्ता संरक्षण ऐन २०७५ को कुनै दफा उल्लङ्घन हुँदैन’, उहाँले भन्नुभयो ।

साथै सहासचिव शाक्यले नियमानुसार सरकारी अनुगमन तथा कारबाही वर्षैभरि हुनुपर्ने भए पनि अहिलेको अनुगमन खासगरी दशैँ–तिहार लक्षित रहने गरेकोप्रति पनि गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।