मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तिम मिनेटको गोलमा आर्सनलसँग हारबाट जोगियो म्यानचेस्टर सिटी

अन्तिम मिनेटको गोलमा आर्सनलसँग हारबाट जोगियो म्यानचेस्टर सिटी

न्यूजस्टोरी

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी हारबाट मुस्किलले जोगिएको छ। निर्धारित ९० मिनेटसम्म आर्सनलसँग २-१ ले पछि परेको सिटी इन्जुरी समयको अन्तिम मिनेटमा नाटकिय गोल गर्दै खेल २-२ को बराबरीमा ल्याउँदै अपराजित यात्रा कायम राख्न सफल भयो।

अर्लिङ हालान्डको गोलबाट ९ औं मिनेटमै अग्रता बनाएको सिटीले खेलमा दबाब बनाएपनि आर्सनलले २२ औं मिनेटमा रिकार्डो कालाफिओरीको गोलबाट खेल बराबरीमा ल्यायो।

पहिलो हाफको इन्जुरी समयमा गाव्रियल मघालाहेसले गोल गर्दा आर्सनलले २-१ को अग्रता बनाउन सफल भयो। तर पहिलो हाफको इन्जुरी समयमै लिन्ड्रो ट्रोसार्ड रातो कार्ड खाँदै मैदानबाट बाहिरिँदा आर्सनल दबाबमा परेको थियो।

दोस्रो हाफमा १० खेलाडीमा समेटिएको आर्सनलविरुद्ध सिटीले घरेलु समर्थकमाझ लगातार आक्रमण गरेपनि गोल गर्न सकिरहेको थिएन्। निरन्तर दबाबका बाबजुत अग्रता कायम राखेको आर्सनल अन्तिम केही सेकेन्ड सम्हालिन नसक्दा सम्भावित जितबाट विमुख भयो।

८ मिनेट थप गरिएको इन्जुरी समयको अन्तिम मिनेटमा जोन स्टोनिसले गोल गर्दै सिटीको हार टारे। कर्नरमा मिलाएको बललाई अर्लिङ हालान्डले गरेको प्रहार गोलरक्षकले पञ्ज गर्दै बचाएको बललाई रिबाउन्डमा स्टोनेसले गोल गर्दै सिटीलाई रोमाञ्चक बराबरी दिलाए।