मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दक्षिण अफ्रिकासँगको एकदिवसीय शृङ्खला एक खेल अगावै अफगानिस्तानलाई

दक्षिण अफ्रिकासँगको एकदिवसीय शृङ्खला एक खेल अगावै अफगानिस्तानलाई

न्यूजस्टोरी

अफगानिस्तानले दक्षिण अफ्रिकासँगको एकदिवसीय शृङ्खला जितेको छ । तीन खेलको शृङ्खला अफगानिस्तानले एक खेल अगावै जितेको हो । हिजो शारजाहमा भएको दोस्रो खेलमा अफगानिस्तान एक सय ७७ रनले विजयी भयो ।

पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर तीन सय ११ रन बनाएको थियो । तीन सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३४ ओभर २ बलमा एक सय ३४ रनमा समेटियो ।

खेलको म्यान अफ द म्याच अफगानिस्तानका राशिद खान भए । पहिलो खेल अफगानिस्तानले छ विकेटले जितेको थियो । अफगानिस्तानले कुनै पनि सिनियर क्रिकेटमा दक्षिण अफ्रिकालाई हराएको यो पहिलो पटक हो । दुई टोलीबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल भोलि हुनेछ ।