मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यमल बने च्याम्पियन्स लिगमा गोल गर्ने दोस्रो कान्छा खेलाडी

यमल बने च्याम्पियन्स लिगमा गोल गर्ने दोस्रो कान्छा खेलाडी

न्यूजस्टोरी

बार्सिलोनाका विंगर लामिन यमल च्याम्पियन्स लिगमा गोल गर्ने दोस्रो कान्छा खेलाडी बनेका छन्।

च्याम्पियन्स लिगअन्तर्गत बिहीबार राति भएको पहिलो खेलमा मोनाकोसँग बार्सिलोना २(१ ले पराजित भएको थियो। १०औं मिनेटमै एरिक गार्सियाले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो।त्यसको ६ मिनेटपछि नै म्याग्नेस अक्लिउचेले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाए। यद्यपि, २८औं मिनेटमा यमलले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए।

तर, त्यो गोलले बार्सिलोनाको हार भने टर्न सकेन। ७१औं मिनेटमा जर्ज इलेनिखेनाले गोल गर्दै मोनाकोलाई जित दिलाए।

यसअघि बार्सिलोनाकै अन्सु फातीले सन् २०१९ डिसेम्बरमा गोल गरेका थिए। त्यतिखेर उनी १७ वर्ष ४० दिनका थिए। मोनाकोविरुद्ध गोल गर्दा यमल १७ वर्ष ६८ दिनमा टेकेका थिए।

अर्थात फातीले २८ दिन कान्छो रहे। बार्सिलोनाले अक्टोबर १ मा योङ बोइजसँग खेल्दैछ।