मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवन शक्तिले ल्यायो रसियन स्पाइकर अन्ना

चितवन शक्तिले ल्यायो रसियन स्पाइकर अन्ना

न्यूजस्टोरी

एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युिभएल)को फ्रेन्चाइजी चितवन शक्तिले रसियाकी अपोजिट हिटर अन्ना डिमित्रीभालाई भित्र्याएको छ।

२१ वर्षीय अन्ना ६.२ फिट उचाइ भएकी दायाँ हाते स्पाइकर हुन्। उनी पहिलोपल्ट नेपालमा खेल्न आउन लागेकी हुन्।
चितवनले यसअघि अजरबैजानकी केन्सिया पावेल्नीलाई अनुबन्ध गरेको थियो। तर, उनी नआउने भएपछि चितवनले उनको स्थानमा अन्नालाई प्रतिस्थापन गर्न लागेको हो ।
चितवनले भारतीय मिडलब्लकर सूर्या सरसुरी र स्पाइकर केपी अनुश्रीलाई अनुबन्ध गरिसकेको छ। अन्ना चितवनको तेस्रो विदेशी खेलाडी हुन्।