मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१५ महिनापछि इन्टरसँग रोकियो सिटी

१५ महिनापछि इन्टरसँग रोकियो सिटी

न्यूजस्टोरी

इस्तानबुलमा इन्टर मिलानलाई १–० ले हराउँदै पहिलो पटक च्याम्पियनस लिग जितेको १५ महिनापछि म्यानचेस्टर सिटी गोलरहित बराबरीमा रोकिएको छ।

प्रशिक्षक पेप ग्वार्डिओलाको टोलीका लागि इल्के गुन्डोगानले दुई अवसर खेर फालेका थिए। सन् २०२२ को मार्चमा स्पोर्टिङ लिस्बनसँग ०–० खेलेपछि सिटी पहिलोपल्ट घरेलु मैदानमा गोल गर्न असफल भएको हो।तर, यो नतिजाले सिटीले च्याम्पियन लिगमा आफ्नो ६ वर्षको अपराजित यात्रालाई ३२ मा पुर्‍याएको छ। ‘म हाम्रो प्रदर्शनबाट खुसी छु, मलाई सबै कुरा मन पर्‍यो,’ ग्वार्डिओलाले भने।