मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डर्टमन्डको जितमा करिमको दुई गोल

डर्टमन्डको जितमा करिमको दुई गोल

न्यूजस्टोरी

करिम अदेयेमीको दुई गोलसँगै बोरुसिया डर्टमन्ड बुन्डेसालिगाको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।

सिग्नल इडुना पार्कमा शुक्रबार राति सम्पन्न खेलमा डर्टमुन्डले एफसी हेडेनहेममाथि ४-२ को सहज जित हात पारेको हो। जितसँगै डर्टमन्डले तीन खेलबाट सात अंक जोडेको छ, जुन दोस्रो स्थानको हेडेनहेमभन्दा एक अंक बढी हो।१२‍औं मिनेटमै करिमको पासमा गोल गर्दै डेनिएल मालेनले डर्टमुन्डलाई सुरुआती अग्रता दिलाएका छन्। त्यसको पाँच मिनेटपछि जुनियन ब्रान्डको पासमा करिमले नै गोल गरे।

३९औं मिनेटमा उमर ट्रोरले बल दिँदै मार्विन पिरिङ्गरलाई गोल गर्ने अवसर दिए। त्योसँगै हेडेनहेम खेलमा २-१ ले फर्कियो। ४१औं मिनेटमा करिमले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे। उनले जुलियन रेयरसनको पासमा गोल गरेका हुन्।

तर, ७४औं मिनेटमा म्याक्सिमलियियन ब्रुनिगले गोल गर्दै हेडेनहेमलाई ३-२ को स्थितिमा ल्याए। यद्यपि, इन्जुरी समयमा एमरे क्यानले पेनाल्टीमा गोल गर्दै डर्टमन्डलाई ४-२ को सहज जित दिलाए।