मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यौन दुर्व्यवहार गरेको अभियोगमा मालो दोषी ठहर

यौन दुर्व्यवहार गरेको अभियोगमा मालो दोषी ठहर

न्यूजस्टोरी

सेल्टा भिगोका पूर्वकप्तान ह्युगो मालो एक महिलामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा दोषी ठहर भएका छन्।

सन् २०१९ मा ला लिगा क्लब एस्पान्योलको टिम मस्कटको रुपमा काम गर्ने महिलामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा बार्सिलोनाको एक अदालतले हाल ग्रीक क्लब एरिसबाट खेल्दै आएका ३३ वर्षीय मालोलाई दोषी ठहर गरेको हो।खेल सुरु हुनुअघि एकअर्कासँग हात मिलाउन लाइनमा बसेका बेला एस्पान्योलको प्याराकेट मस्कट पहिरनमा सजिएकी महिलाको स्तन छोएको अदालतको फैसलामा उल्लेख छ ।

मालोले एक विज्ञप्ति जारी गर्दै कुनै पनि गलत काम नगरेको भन्दै खण्डन गरेका छन्। उनले फैसलाविरुद्ध अपिल गर्ने बताए। उनलाई ६ हजार युरो जरिवाना र पीडितलाई थप एक युरो क्षतिपूर्ति तिर्न आदेश दिइएको थियो।