मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फर्नान्डेजलाई ६ महिना कार चलाउन प्रतिबन्ध

फर्नान्डेजलाई ६ महिना कार चलाउन प्रतिबन्ध

न्यूजस्टोरी

चेल्सीका मिडफिल्डर एन्जो फर्नान्डेजलाई ६ महिनाका कार चलाउन प्रतिबन्ध लगाइएको छ। वेल्समा ट्राफिक नियम पालना नगरेको भन्दै उनीमाथि प्रतिबन्ध लगाइएको हो।

बुधबार सजाय सुनाउँदा २३ वर्षीय फर्नान्डिज अदालतमा उपस्थित थिएनन्। उनलाई यस वर्षको सुरुमा दुई अभियोगमा दोषी ठहर गरिएको थियो।गत नोभेम्बरमा लानेली शहरमा रातो बत्तीमा नरोकिएको र गत डिसेम्बरमा स्वान्सीमा तीव्र गतिमा कार चलाएको उनीमाथि आरोप थियो।

यद्यपि, फर्नान्डिजले नै कार चलाएको भन्ने कुरा प्रमाणित भएको छैन। मंगलबार कोलम्बियाविरुद्ध खेलेका फर्नान्डिजको नाममा कार रजिष्ट गरिएको छ। प्रहरीले उनीसँग सूचना माग गरेको थियो। तर, उनले प्रहरीलाई कुनै जवाफ दिएनन्।

उनलाई ३ हजार २० पाउन्ड (हजार अमेरिकी डलर) जरिवाना तिर्न पनि आदेश दिइएको छ।