मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको ११ महिनामा एक अर्ब ८४ करोड २३ लाख रुपैयाँ मूल्य पर्ने साना–ठूला दुई हजार तीन सय ८५ विद्युतीय गाडी आयात

वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको ११ महिनामा एक अर्ब ८४ करोड २३ लाख रुपैयाँ मूल्य पर्ने साना–ठूला दुई हजार तीन सय ८५ विद्युतीय गाडी आयात

न्यूजस्टोरी

पर्सा, ७ असार । वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको ११ महिनामा एक अर्ब ८४ करोड २३ लाख रुपैयाँ मूल्य पर्ने साना–ठूला दुई हजार तीन सय ८५ विद्युतीय गाडी आयात भएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयले चालू आवमा विद्युतीय गाडीकोे आयातबाट एक अर्ब ८४ करोड २७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालू आवमा विद्युतीय गाडीको आयात बढेको बताउनुभयो ।

चालू आवको ११ महिनामा ५० किलोवाट क्षमताका २७ करोड ११ लाख रुपैयाँ मूल्यका एक सय ९३ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् ।

त्यस्तै गरी यही अवधिमा ५१ किलोवाटदेखि एक सय किलोवाट क्षमताका १३ करोड ४२ लाख रुपैयाँ मूल्य पर्ने ५० वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको छ ।

त्यस्तै एक सय एक किलोवाटदेखि दुई सय किलोवाट क्षमताका २४ करोड ७५ लाख रुपैयाँ मूल्यका ३६ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् ।

यो नाका हुँदै ४० करोड ७८ लाख रुपैयाँ मूल्य पर्ने एक हजार सात सय एक वटा विद्युतीय मोटरसाइकल आयात भएको छ ।