किरण कुँवर ।
चितवन, १९ जेष्ठ । माछापुच्छ्रे तेक्वान्दो डोजाङको आयोजनामा ८६औं जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता चितवनको पटिहानी कवड हलमा सम्पन्न भएको छ । जेठ १६ र १७ गते आयोजना भएको प्रतियोगितामा करिब ५०० खेलाडीको सहभागिता रहेको थियो ।
महिला र पुरुष दुबै समावेश गरिएको प्रतियोगितामा स्पारिङ्गतर्फ १३ वटा वजन समूह र पुम्सेतर्फ ३ वटा उमेर समूहमा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगिताका प्रथम स्थान हासिल गर्ने स्पारिङ्ग र पुम्से विजेताहरुलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।


प्रतिक्रिया