मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइपिएलको फाइनलमा ११ वर्षपछि पञ्जाब

आइपिएलको फाइनलमा ११ वर्षपछि पञ्जाब

न्यूजस्टोरी

काठमाडौं, १९ जेष्ठ । इन्डियन प्रिमियर लिग (आइपिएल) को क्वालिफायर–२ मा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ।

यससँगै पञ्जाब ११ वर्षपछि फाइनलमा पुगेको छ। यसअघि पञ्जाबले २०१४ सिजनको फाइनल खेलेको थियो। अब फाइनल जुन ३ मा पञ्जाब र रोयल च्यालेन्जर्स बैंग्लुरुबीच खेलिनेछ।

आइतबार अहमदाबादको नरेन्द्र मोदी रंगशालामा पञ्जाबले १९ ओभरमा २०४ रनको लक्ष्य पछ्याएको थियो। कप्तान श्रेयसले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए। उनले ४१ बलमा ८७ रनको अविजित इनिङ्स खेले। यो इनिङ्समा ५ चौका र ८ छक्का समावेश थिए। उनी खेलको उत्कृष्ट खेलाडी घोषित भए।

श्रेयसबाहेक नेहल वधेराले ४८ र जोश इन्ग्लिसले ३८ रन बनाए। अश्विनी कुमारले दुई विकेट लिए। टस हारेर ब्याटिङ गरिरहेका मुम्बईका तिलक वर्मा र सूर्यकुमार यादवले ४४–४४ रनको इनिङ्स खेले। जोनी बेयरस्टोले ३८ रन बनाए। पञ्जाबका लागि अजमतुल्लाह उमरजाईले २ विकेट लिए।