मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मुल्य बढ्यो, कतिमा हुदैँछ कारोबार?

सुनको मुल्य बढ्यो, कतिमा हुदैँछ कारोबार?

न्यूजस्टोरी

काठमाडौं । नेपाली बजारमा शुक्रबार आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले बढेर १ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।