मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कीर्तिमानी १६औं पटक फ्रेन्च कप पिएसजीले जित्यो

कीर्तिमानी १६औं पटक फ्रेन्च कप पिएसजीले जित्यो

न्यूजस्टोरी

काठमाडौं, ११ जेष्ठ। ब्राड्ली बार्कोलाको दुई गोल र एक असिस्टसँगै पेरिस सेन्ट जर्मेन ९पिएसजी०ले शनिबार फ्रेन्च कप फाइनलमा रिम्समाथि ३–० को सहज जित हासिल गरेको छ।

यो नतिजासँगै पिएसजीले यस सिजन डोमेस्टिक डबल जितेको छ। क्लबको इतिहासमै पहिलोपटक कन्टिनेन्टल ट्रेबल (घरेलु लिग, कप र च्याम्पियन्स लिग) जित्ने बाटोमा पनि पिएसजी छ।

बार्कोलाले पहिलो हाफमै दुई गोल गरे। एक गोल राइट ब्याक अचरफ हाकिमीका लागि अवसर बनाइदिए। यी दुई गोलमा डेसिरे डुएको उत्कृष्ट असिस्ट रहेको थियो।

यो जितसँगै पिएसजीले कीर्तिमानी १६औं पटक फ्रेन्च कप जितेको छ। यसअघि क्लबले यस सिजन कीर्तिमानी १३औं पटक लिग १ उपाधि जितिसकेको थियो।

अब पिएसजीको नजर च्याम्पियन्स लिगमा केन्द्रित छ। कतारी लगानीमा चलिरहेको यो क्लबले अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन। तर, त्यो सपना आगामी शनिबार पूरा हुन सक्छ।

प्रशिक्षक लुइस एनरिकको टोली म्युनिखमा इन्टर मिलानविरुद्ध युरोपियन च्याम्पियन्स लिगको फाइनल खेल्ने तयारीमा छ। सन् २०२० को कोरोना महामारीकाबीच बायर्न म्युनिखसँग फाइनलमा पराजित भएको थियो। पिएसजीको त्यो नै अहिलेसम्मको एक मात्र फाइनल हो।

एक समय फ्रान्सको सबैभन्दा ठूलो क्लब मानिने रिम्सले १९५० को दशकमा दुईपटक युरोपियन कप ९हालको च्याम्पियन्स लिग० को फाइनल खेलेको थियो। तर, दुवैपटक रियल मड्रिडसँग पराजित भयो।

शनिबारको खेलमा भने रिम्स र पएिसजीबीचको फरक प्रष्ट देखियो। पहिलो हाफ लगभग पएिसजीको ट्रेनिङ सेसनजस्तै देखिएको थियो। १६औं मिनेटमा डुएको मध्य भागबाट आएको सानदार पासमा बार्कोलाले बायाँ कुनामा उत्कृष्ट फिनिस गरे। तीन मिनेटपछि फेरि डुएको पासमा बार्कोलाले नजिकैबाट सजिलै दोस्रो गोल थपे।

खेल सुरु हुनु केही समयअघि मात्र डुए टोलीमा समावेश भएका हुन्। ख्विचा ख्वारात्स्खेलिया टाउको दुखाईका कारण बाहिरिएपछि भित्रिएका उनी पिएसजीका लागि चमत्कारी बने।

पहिलो हाफको अन्त्यतिर बार्कोलाले बायाँ विंगबाट क्रस गरे र हाकिमीले नजिकबाट भलीमार्फत गोल गरे। दोस्रो हाफमा पिएसजीले गतिशीलता घटायो र केही खास अवसर सिर्जना गर्न सकेन। ओस्मान डेम्बेलेको प्रहार क्रसबारमा लागेर फर्कियो।

लुइस एनरिकले यसअघि सन् २०१५ मा लिओनल मेसी नेतृत्वको बार्सिलोनासँग ट्रेबल जितेका थिए। अब उनी अर्को दशकमा दोस्रो ट्रेबलनजिक पुगेका छन्।