मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भालाडोलिडमा रहेको आफ्नो सेयर बेच्दै रोनाल्डो

भालाडोलिडमा रहेको आफ्नो सेयर बेच्दै रोनाल्डो

न्यूजस्टोरी

काठमाडौं, १० जेष्ठ । ब्राजिलका महान् फुटबलर रोनाल्डोले स्पेनिस क्लब रियल भालाडोलिडमा रहेको आफ्नो सेयर बेच्ने भएका छन्। क्लबले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।

भालाडोलिडले आगामी सिजन दोस्रो डिभिजनमा खेल्नेछ। क्लबका अनुसार रोनाल्डोले युरोपेली कोषको सहयोगमा रहेको उत्तर अमेरिकी लगानी समूहसँग सम्झौता गरेका छन्। क्लबले थप जानकारी केही दिनभित्र सार्वजनिक गरिने जनाएको छ।

रोनाल्डोले सन् २०१८ माभालाडोलिडको ५१ प्रतिशत सेयर खरिद गरेका थिए। तर, पछिल्लो समय क्लबको कमजोर प्रदर्शनका कारण समर्थकहरूले उनको आलोचना गर्दै सेयर बेच्न दबाब दिइरहेका थिए।

यो सिजन भालाडोलिड प्रायः समय ला लिगा तालिकाको पुछारमै रह्यो र सबैभन्दा पहिले रेलिगेट हुने टोली बन्यो। अब रोनाल्डोले क्लब छाड्ने निर्णय गरेसँगै भालाडोलिडको भविष्य नयाँ लगानीकर्ताको हातमा जानेछ।