मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तोलामा ११ सयले घट्यो सुन

तोलामा ११ सयले घट्यो सुन

न्यूजस्टोरी

काठमाडौं  । नेपाली बजारमा आज सुन तोलाको ११ सयले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ११ सयले घटेर तोलाको एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बिहिबार सुन तोलाको एक लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्यमा तोलामा २० रुपैयाँ घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलामा २००५ रुपैयाँमा कारोबार भइरहेको छ।