काठमाडौं । आज(शुक्रबार) नेपाली बजारमा मूल्य उच्चरुपमा बढेको छ । आज सुन प्रतितोला तीन हजार पाँच सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार सुन एक लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका आज चाँदीको मूल्य पनि बढेको छ । अनुसार आज चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार चाँदी एक हजार ९२५रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५८ हजार ४३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६६७ रुपैयाँ ५० पैसा कायम भएको छ ।


प्रतिक्रिया