मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तोलामा २ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

तोलामा २ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

न्यूजस्टोरी

काठमाडौँ । सोमबारको तुलनामा आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

आज तोलामा रु दुई हजारले सुनको मूल्य घटेको छ । चाँदीमा भने प्रतितोला रु १० ले वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार ८०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९७० मा बेचबिखन भइरहेको छ ।

शुक्रबार प्रतितोला सुन रु एक लाख ८६ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६० मा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार २५२ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।