मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईपीएल क्रिकेटमा पन्जाबले लखनउलाई ३७ रनले हरायो, राजस्थान कोलकातासँग एक रनले पराजित

आईपीएल क्रिकेटमा पन्जाबले लखनउलाई ३७ रनले हरायो, राजस्थान कोलकातासँग एक रनले पराजित

न्यूजस्टोरी

काठमाडौं, २२ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब सुपर किङ्ग्सले लखनउ सुपर जायन्ट्सलाई ३७ रनले हराएको छ ।

हिजोको खेलमा जीतको लागि पन्जाबले दिएको २ सय ३७ रनको लक्ष्य पछाएको लखनउ २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९९ रनमा समेटियो ।

लखनउका लागि आयुष बडोनीले सर्वाधिक ७४ रन बनाए । अब्दुल सामदले ४५ रन जोडे । पन्जाबका अर्षदीप सिंहले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३६ रन बनाएको थियो । उसका प्राभसिम्रन सिंहले सर्वाधिक ९१ रन बनाए । श्रेयस अय्यरले ४५ रन जोडे । लखनउका आकाश सिंह र दिगभेष राथीले समान २ विकेट लिए ।

आईपीएलमा सात खेल जितेको पन्जाब १५ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पन्जाब शीर्ष स्थानको रोयल च्यालेन्जर्स बेङ्गलुरुभन्दा १ अङ्कले पछि छ । लखनउ १० अङ्कसहित सातौं स्थानमा छ ।

हिजो भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई एक रनले हराएको छ । कोलकाताले दिएको २०७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर २०५ रन बनाउन सक्यो ।

राजस्थानका कप्तान रियान परागले ९५ रन बनाए । यशस्वी जयसवालले ३४ रन जोडे । कोलकाताका मोइन अली, हर्षित राना र वरुण चक्रवर्तीले समान दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा चार विकेट गुमाएर २०६ रन बनाएको थियो । कोलकताका आन्द्रे रसेलले ५७ रन बनाए । अङ्क्रिश रघुवंशीले ४४ रन जोडे ।

राजस्थानका जोफ्रा आर्चर, युधवीर सिंह, महेश थेक्षाना र कप्तान रियान परागले समान एक विकेट लिए । कोलकाता ११ अङ्कका साथ छैटौं स्थानमा रहँदा ६ अङ्क रहेको राजस्थान आठौं स्थानमा छ ।

आईपीएलमा आज सनराजर्स हैदराबाद र दिल्ली क्यापिटल्स खेल्दैछन् ।