चितवन, २० बैशाख । राष्ट्रिय समृद्धिका लागि युवा शक्तिको परिचालन गर्दै ८७ औं जिल्ला स्तरीय आमन्त्रण तेक्वान्दो प्रतियोगिता चितवनमा हुने भएको छ । कुमरोज डोजाङको आयोजनामा सम्पन्न हुने यस प्रतियोगिता समग्र चितवनको गरिमा र प्रतिष्ठासँग जोडिएको आयोजकको भनाइ छ ।

आगामी जेठको अन्तिम हप्तामा आयोजना हुने प्रतियोगितमा खेलप्रेमी सबैको उपस्थिति रहने आयोजकको भनाइ छ ।
डोजाङ प्रमुख आभिषेक गौतमका अनुसार प्रतियोगिता खैरहनी नगािलिकाको गवै माविको मैदानमा हुनेछ ।
प्रतियोगितालाई शानदार र भब्य बनाउन आजैदेखि गृहकार्यमा जुटकको गौतमको भनाइ छ ।


प्रतिक्रिया