काठमाडौं, २० बैशाख । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा म्यानचेस्टर सिटीले उल्भ्सलाई हराएको छ ।
सिटी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । सिटीका लागि घरेलु मैदानमा खेलको ३६ मिनेटमा केभिन डि ब्रुएनाले गरेको गोल नै निर्णायक बन्यो ।
सिटीको ३५ खेलमा ६४ अङ्क भएको छ । आउँदो सिजन च्याम्पियन्स लिग खेल्ने सिटीको सम्भावना कायमै छ ।
लिभरपुलले शीर्ष स्थानमा रहेर यसअघि नै उपाधि जितिसकेको छ । दोस्रोमा आर्सनल छ । उसको ३४ खेलमा ६७ अङ्क छ ।
त्यस्तै समान ३४ खेलमा न्युकासल ६२ अङ्कसहित चौथो र चेल्सी ६० अङ्कसहित पाँचौं स्थानमा छ ।
प्रिमियर लिगमा आज एस्टनभिल्ला र फुलहम, लेस्टरसिटी र साउथह्याम्पटन, एभर्टन र इपस्विच टाउन तथा आर्सनल र बर्नमाउथबीच खेल हुँदैछ ।


प्रतिक्रिया