मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुन मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

न्यूजस्टोरी

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य सामान्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो। यससँगै बुधबार छापावाल सुन प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । मंगलबार तोलामा १९ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १९ सय ६५ रुपैयाँ कायम भएको हो।