मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल सुपर लिगमा धनगढीलाई हराउँदै चितवन प्लेअफमा, काठमाण्डौ बाहिरियो

नेपाल सुपर लिगमा धनगढीलाई हराउँदै चितवन प्लेअफमा, काठमाण्डौ बाहिरियो

न्यूजस्टोरी

नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी चितवनले धनगढी एफसीलाई हराएको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको लिग चरणको अन्तिम खेलमा चितवनले धनगढीलाई ३–१ ले हराउँदै प्लेअफमा प्रवेश गरेको हो । जीतसँगै ६ खेलमा १० अङ्क जोडेको चितवन तेस्रो स्थानमा रहेको छ ।

पहिलो हार बेहोरेको धनगढी समान खेलबाट ११ अङ्कका साथ दोस्रो स्थानमा छ । यस्तै आठ अङ्क रहेको काठमाण्डौ रेजर्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।

चौथो स्थानमा रहेको पोखरा थन्डर्ससँग समान आठ अङ्क रहे पनि गोल अन्तरमा पछि पर्दै काठमाण्डौ बाहिरिएको हो ।

नेपाल सुपर लिग (एनएसएल) फुटबलको पहिलो सेमिफाइनलमा भोलि ललितपुर सिटी एफसी र धनगढी खेल्नेछन् ।