मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जितविहीन रहँदै झापाले सक्कायो एनएसएल

जितविहीन रहँदै झापाले सक्कायो एनएसएल

न्यूजस्टोरी

जितविहीन रहँदै झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण समाप्त गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा झापाले साबिक विजेता ललितपुर सिटी एफसीसँग १–१ को बराबरी खेलेको हो। यो नतिजासँगै ललितपुर ६ खेलबाट १२ अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट पाँच अंक बटुल्दै झापाले लिग सक्काएको छ।

झापा एनएसएल इतिहासमा सबैभन्दा बढी बराबरी खेल्ने टोली बनेको छ। तीन संस्करणमा १५ खेल खेलेको झापाले नौ खेल बराबरीमा सक्काएको छ। झापाले यो संस्करणमा मात्रै पाँच बराबरी खेलेको हो।

ललितपुरका नवीन लामाले गोल गरे। झापाका कप्तान र मार्की लकेन लिम्बूले बराबरी गोल फर्काए। ललितपुरले सेकेन्ड सेट खेलाएको थियो। तर, ५५औं मिनेटमा नवीनको गोलमार्फत सुरुआती अग्रता लिएको थियो।

अनमोल भण्डारीले बक्सको दायाँ भागबाट दिएको क्रसलाई उनले हेडरमार्फत जाली चुमाएका हुन्। जारी लिगमा यो नै उनको पहिलो गोल हो।

तर, उक्त अग्रता १० मिनेटभन्दा बढी टिकेन। ६५औं मिनेटमा लकेनले झापालाई खेलमा फर्काए। विपक्षी खेलाडीको पासलाई एरोन थापाले रोक्दै प्रवीनलाई दिएका थिए। उक्त बललाई लकेनले बक्सबाट गोलमा परिणत गरेका हुन्।