मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपाधिमा एट्लेटिको क्षीण आशा जिवितै

उपाधिमा एट्लेटिको क्षीण आशा जिवितै

न्यूजस्टोरी

एट्लेटिको मड्रिडले सोमबार राति पुछारमा रहेको भलाडोलिडलाई ४–२ ले हराउँदै ला लिगा उपाधि होडमा आफ्नो क्षीण आशा जिवितै राखेको छ।

भलाडोलिडले यसअघि खेलेका ११ मध्ये १० खेलमा हार बेहोरेको थियो। ती खेलहरूमा ३२ गोल खाएको थियो। तर, २०औं मिनेटमा ममाडु सिल्लाले पेनाल्टीमार्फत गोल गर्दै आश्चर्यजनक अग्रता दिलाए।

त्यसको चार मिनेटपछि जुलियन आल्भारेजले पेनाल्टीमार्फत बराबरी गोल फर्काए, जुन जुलियानो सिमियोनलाई डिबक्समा लडाउनुका कारण दिइएको थियो। त्यसपछि सिमियोनले उत्कृष्ट व्यक्तिगत प्रयासमार्फत २–१ को अग्रता दिलाए।

दोस्रो हाफको ५५औं मिनेटमा जाभी सान्चेजको फ्रिकिकले डिफ्लेक्सन लिएर गोलकिपर यान ओब्लाक बिट गराउँदै बराबरी गोल गराए।

तर, ६५औं मिनेटमा आल्भारेजले दोस्रो पेनाल्टी गोल गर्दै एट्लेटिकोको अग्रता पुनः कायम गरे। ७९औं मिनेटमा अलेक्जेन्डर सर्लोथले गोल गर्दै स्कोर ४–२ बनाए। भलाडोलिडका गोलकिपरले क्लियर गर्न नसक्दा सजिलै बल सर्लोथको खुट्टामा परेपछि सम्भव भएको थियो।

यस जितपछि एट्लेटिकोले दोस्रो स्थानको रियल मड्रिडसँगको अंकको अन्तर तीनमा झारेको छ। तर, शीर्ष स्थानमा रहेको बार्सिलोना एट्लेटिकोभन्दा चार अंकले अघि छ।

भलाडोलिड भने अझै पनि तालिकाको पुछारमै छ। दोस्रो अन्तिम स्थानको लेगानेसभन्दा भलाडोलिड १६ अंकले पछि छ। त्यसैले भलाडोलिड रेलिगेसन लगभग पक्का देखिन्छ।