मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालको लगातार दोस्रो जित

नेपालको लगातार दोस्रो जित

न्यूजस्टोरी

आईसीसी यु १९ विश्वकप एसिया छनोटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। यता, ओमानको लगातार दोस्रो हार हो।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा सोमबार ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा दुई विकेट गुमाएर पुरा गरेपछि नेपाल ८ विकेटले विजयी भयो।

नेपालको जितमा ओपनर निराज कुमार यादवले ३१ बलमा ४६ रन बनाए। उनले ५ चौका र दुई छक्का प्रहार गरे।

यस्तै अर्का ओपनर शाहिल पट्टेल ४४ रनमा आउट भए। उनले ४२ बलमा तीन चौका र एक छक्का प्रहार गरे। कप्तान नरेन भट्टले १२ र सन्तोष कार्की १० रनमा अविजित रहे।

यता, ओमानका लागि सौम्यभविन सम्पथले दुई विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३८ ओभरमा सबै विकेट गुमाउँदै ११७ रन बनाएको थियो।

ओमानका लागि जित भ्रिजेश शाहले अर्धशतकीय पारी खेले। उनले ७८ बलमा चार चौकासहित ५२ बाए। ओपनर शीदार्थ शंकरले १६ रन बनाए।

यस्तै, प्रातिस हेम रमेशले १० रन बनाउँनु बाहे अन्य ब्याटरले रन बनाउन सकेनन्।

यता, नेपालका लागि युवाराज खत्रीले पाँच विकेट लिँदा सन्तोष यातदव दुईले हात पारे। युवराजले ७ ओभरमा दुई मेडनसहित १५ रन खर्चिए। यस्तै, दयान्नद मन्डल, अपराजित पौडेल र अशोक धामीले समान एक विकेट लिए।

यसअघि नेपालले पहिलो खेलमा आइतबार यूएईमाथि डिएल पद्दति अनुसार ५ रनको जित निकाल्दै विजयी सुरुआत गरेको थियो। ओमानले भने अफगानिस्तानसँग ८ विकेटले पराजित भए थियो।

जारी प्रतियोगितामा नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी यस छनोटबाट शीर्ष हुने टोली आगामी वर्षको यु १९ विश्वकपमा छनोट हुने छन्।