मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुरले एक हजार फ्रि टिकेट दिने

ललितपुरले एक हजार फ्रि टिकेट दिने

न्यूजस्टोरी

ललितपुर सिटी एफसीले एक हजार फ्रि टिकेट आफ्ना प्रशंसकलाई दिने भएको छ ।

शनिबार बुटवल लुम्बिनी एफसीविरुद्ध हुने खेलको एक हजार टिकेट आफ्ना फ्यानलाई दिन लागिएको क्लबले जनाएको छ ।

फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग एनएसएलका शनिबार साँझ ललितपुर सिटी एफसीले बुटवलसँग खेल्दैछ ।

ललितपुर ४ खेलबाट ८ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गरेको छ । शनिबार बुटवललाई हराउँदै एनएसएल तालिकाको शीर्ष स्थानमा उक्लिने मौका ललितपुरलाई छ ।

तेस्रो सिजनसम्म आईपुग्दा ललितपुरले सबैभन्दा धेरै माया फुटबल प्रशंसकबाट पाएको छ । उनै फ्यानलाई खेलसम्म डोर्याउन फ्रि टिकेट दिन लागेका हौं । यसलाई प्रशंसकप्रति क्लबको सम्मानको रुपमा हामीले लिएका छौं । क्लबका प्रबन्ध निर्देशक आलोक जोशीले भने ।

फ्रि टिकेट अपरान्ह साढे ४ बजेदेखि ५ बजेसम्म वितरण गरिने क्लबले जनाएको छ । दशरथ रंगशालास्थित युनाईटेड वर्ल्ड ट्रेड सेन्टरको ग्राउन्ड फ्लोरमा रहेको पेपे पिज्जामा गएर फ्यानहरुले टिकट लिन सक्नेछन् । पहिलो आउने फ्यानलाई प्राथमिकतामा राखेर टिकट वितरण गरिने ललितपुरले जनाएको छ ।

भाटभटेनी स्वामित्वको ललितपुर एनएसएलको साविक विजेता हो । तेस्रो सिजनमा समेत उत्कृष्ट नतिजा निकालिरहेको ललितपुरलाई उपाधिको दाबेदार टिमको रुपमा हेरिएको छ ।