मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चारदेशीय टी-२० सिरिज : फाइनलमा पुग्न आज हङकङको सामना गर्दै नेपाल

चारदेशीय टी-२० सिरिज : फाइनलमा पुग्न आज हङकङको सामना गर्दै नेपाल

न्यूजस्टोरी

चारदेशीय टी-२० आई सिरिजको समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले आयोजक हङकङको सामना गर्दैछ । त्यहाँको मिसन रोड ग्राउण्डमा नेपाली समयअनुसार सवा ११ बजे खेल शुरु हुनेछ ।

अहिलेसम्म अपराजित रहेको नेपाल प्रतियोगिताको फाइनलमा स्थान बनाउने लक्ष्यमा छ । नेपालले पहिलो खेलमा ८ विकेटले कतारलाई हराएको थियो। दोस्रो खेलमा कुवेतलाई पराजित गरेको थियो ।
दुई खेलमा ४ अंकका साथ नेपाल तालिकाको शीर्ष स्थानमा छ । हङकङ र कुवेतले २२ अंक हात पारेका छन् । जितविहीन कतारको शून्य अंक छ ।
तालिकाको शीर्ष टोली फाइनलमा पुग्नेछन् भने तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् । दुवै खेल आइतबार नै हुनेछ ।