मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टाटाको ‘नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव’ शुरू

टाटाको ‘नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव’ शुरू

न्यूजस्टोरी

काठमाडौं, २९ चैत्र । टाटा मोटर्सले देशभर ‘नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव’ आजदेखि शुरू भएको छ ।

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्ष २०८२ को अवसरमा एक्सचेञ्ज उत्सव सञ्चालन गरिरहेको हो ।

वैशाख २ गतेसम्म सञ्चालन हुने एक्सचेन्ज उत्सवमा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटाको नयाँ टियागो, पन्च, नेक्सन के–३ र कर्भ ईभी साट्न सक्नेछन् ।

त्यस्तै पुराना गाडी साटी टाटाका नयाँ ईभी किन्न चाहने ग्राहकले २० प्रतिशत डाउनपेमेन्टमै गाडी लैजाना सक्नेछन् । साथै ग्राकहले आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क चार्जिङ बक्स ९जडानसहित० एवम् निःशुल्क एभीटीसहित हरेक बुकिङमा आकर्षक उपहार पनि पाउने कम्पनीले जनाएको छ ।

ग्राहकले देशभर रहेका टाटा मोटर्सको शोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् ।