मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालले कुवेतलाई हरायो

नेपालले कुवेतलाई हरायो

न्यूजस्टोरी

काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२०आई सिरिजअन्तर्गत नेपालले कुवेतलाई पराजित गरेको छ। नेपालले कुवेतलाई ६ विकेटले हराएको हो । बिहीबार कुवेतले दिएको १८६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि दुवै ओपनरले अर्धशतकीय इनिङ खेले । कुशल भुर्तेल ८१ र आसिफ शेखले ५३ रन बनाए । यस्तै दीपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रनको विस्फोटक पारी खेले । गुल्शन झा ९ र कप्तान रोहित पौडेल ४ रनमा अविजित रहे । कुशल मल्ले ४ रन मात्रै जोडे ।