मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यू–१९ क्रिकेटमा अफगानिस्तानसँग नेपाल १ सय ३० रनले पराजित

यू–१९ क्रिकेटमा अफगानिस्तानसँग नेपाल १ सय ३० रनले पराजित

न्यूजस्टोरी

काठमाण्डौ । अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँगको नेपाली युवा टोली १ सय ३० रनले पराजित भएको छ ।

अफगानिस्तानले दिएको ३ सय १ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर २ बलमा १ सय ७० रन बनाउँदा अलआउट भयो । नेपालका निरजकुमार यादवले सबैभन्दा धेरै ५३ रन बनाए । अफगानिस्तानका वाहिदुल्लाह जाद्रन, जाईतुल्लाह शहीन र महबूब खानले २÷२ विकेट लिए ।

यसअघि मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय रन बनायो । अफगानिस्तानका फैसल शिनोजादाले ९७, खालिद अहमदजाईले ७६ रन बनाए । नेपालका सन्तोष यादवले ३ विकेट लिए ।

यही महिना नेपालमै हुने आईसीसी १९ वर्षमुनिको विश्वकप छनोटको तयारी स्वरूप नेपालली युवा टोलीले अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँग तीन खेलको अभ्यास शृङ्खला खेल्न लागेको हो ।