मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हार्दिकपछि राजस्थानका कप्तान रियान परागलाई बीसीसीआईको १२ लाख भारु जरीवाना

हार्दिकपछि राजस्थानका कप्तान रियान परागलाई बीसीसीआईको १२ लाख भारु जरीवाना

न्यूजस्टोरी

इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली राजस्थान रोयल्सका कप्तान रियान परागलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले १२ लाख भारु जरीवाना गरेको छ ।

आइतवार राति गुवाहाटीमा चेन्नई सुपर किङ्ग्ससँगको खेलमा ‘स्लो ओभर रेट’ का लागि बीसीसीआईले राजस्थानका कप्तान रियानलाई जरीवाना गरेको हो ।

यो खेलमा राजस्थानले चेन्नईलाई हराउँदै पहिलो जीत हात पारेको थियो । राजस्थानले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनमात्र बनाउन सक्यो ।

आईपीएलको १८औं संस्करणमा ‘स्लो ओभर रेट’ का लागि जरीवाना गरिएको यो दोस्रो पटक हो । यसअघि शनिवार गुजरात टायटन्ससँगको खेलमा मुम्बई इन्डियन्सका कप्तान हार्दिक पान्ड्यालाई बीसीसीआईले जरीवाना गरेको थियो ।

यो संस्करणदेखि आईपीएलमा ‘स्लो ओभर रेट’ का लागि प्रतिबन्ध नभई जरीवाना तोकिएको हो । यसबाहेक खेलको समयमा फिल्डिङमा केही प्रतिबन्धहरू पनि लागू हुनेछन् ।