मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अप्रिलबाट सबै भारतीय कार उत्पादकले मूल्य बढाउने

अप्रिलबाट सबै भारतीय कार उत्पादकले मूल्य बढाउने

न्यूजस्टोरी

काठमाडौं । अप्रिल १ बाट अधिकांश भारतीय कार उत्पादकले मूल्य बढाउने भएका छन् । भारतमा कार उत्पादन गर्ने मारुती सुजुकी, हुन्डाई, टाटा, किया, महिन्द्रा, किया, रेनो, होण्डा लगायतका कम्पनीले अप्रिल १ तारिखबाट मूल्य बढाउने भएका हुन् । मारुती सुजुकीले ४ प्रतिशतले कारको मूल्य वृद्धि गर्ने भएको छ । कम्पनीले सेलेरियो, ब्रेजा, अल्टो के–१० लगायतका मोडलको मूल्य बढाउने भएको हो ।

महिन्द्राले आफ्ना एसयूभीको मूल्य ३ प्रतिशतले वृद्धि गर्ने भएको छ । कम्पनीले थार, स्कर्पियो एन, बलेरो, एक्सयूभी ७०० लगायतका मोडलको मूल्य वृद्धि गर्ने जनाएको छ । टाटा मोटर्सले आफ्ना सबै कारको मूल्य बढ्ने जनाएको छ । तर, कुन मोडलमा कति बढ्ने भन्ने बारे जानकारी दिएको छैन ।

हुन्डाईले क्रेटा, भर्ना, भेन्यू र टुसान मोडलमा मूल्य ३ प्रतिशत, कियाले सेल्टोस, सोनेट, कारेन्स मोडलमा ३ प्रतिशत र रेनोले भारतमा उत्पादन गर्ने ट्राइबर, काइगर, क्वीडको २ प्रतिशत मूल्य बढाउने भएको हो । होन्डा पनि अमेज, सिटी, एलिभेट जस्ता मोडलको मूल्य वृद्धि गर्ने तयारीमा छ ।