मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लगातार दोस्रो दिन पनि घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

लगातार दोस्रो दिन पनि घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

न्यूजस्टोरी

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ घटेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला नौ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।