काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आइतबारको खेलमा कोशीविरुद्ध गण्डकी प्रदेश ३१ रनमा अलआउट भएको छ।
तिलोत्तमाको एक्स्ट्राटेक ओभलमा टस हारेर पहिला ब्याटिङमा तानिएको गण्डकीले २०.४ ओभरमा सबै विकेट गुमाएर मात्र ३१ रन बनाउन सक्यो।
उसका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। चार खेलाडी त शून्यमा आउट भए।
कोशीका विपिन महतोले छ विकेट लिँदा फिरदोस अन्सारीले तीन र दिपेश कँडेलले विकेट लिए। कोशीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।


प्रतिक्रिया