मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनएसएलको तालिका सार्वजनिक : उद्घाटन खेलमा ललितपुर र काठमाण्डौले खेल्ने

एनएसएलको तालिका सार्वजनिक : उद्घाटन खेलमा ललितपुर र काठमाण्डौले खेल्ने

न्यूजस्टोरी

नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक भएको छ ।

लिगको उद्घाटन खेलमा चैत १६ गते साविक विजेता ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाण्डौ रेजर्सले खेल्ने भएका छन् ।

प्रतियोगिता दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरू हुनेछ । तेस्रो संस्करणमा काठमाण्डौ, ललितपुर, पोखरा, झापा, धनगढी, बुटवल र चितवन गरी ७ टोली छन् ।

लिग चरणमा कुल २१ खेल हुनेछन् । लिग चरणपछि ४ टोली प्ले अफमा पुग्नेछन् । फाइनल खेल वैशाख १३ गते हुनेछ । एनएसएलको अक्सन भइसकेको छ ।