मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युगान्डामा नेपालको दोस्रो जित, हङकङलाई ६ विकेटले हरायो

युगान्डामा नेपालको दोस्रो जित, हङकङलाई ६ विकेटले हरायो

न्यूजस्टोरी

काठमाडौं । युगान्डामा जारी वुमन्स डे टी–२० कपमा नेपालले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्नेक्रममा नेपालले शुक्रबार हङकङलाई ६ विकेटले हरायो । लिग चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा हङकङले दिएको १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा सम्झना खड्काले उत्कृष्ट पारी खेलिन् । उनले ४३ बलमा ४७ रनको पारी खेलेकी हुन् । यस्तै, पूजा महतोले अविजित २०, कप्तान इन्दु बर्माले १८, एलिसा यादवले ५ तथा रोमा थापा र विन्दु रावलले चार–चार रन जोडे ।

त्यसअघि इन्टेबे क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रन बनायो । उसका लागि पाकिस्तानीमूलकी शान्जीन शहजादले अर्धशतकीय पारी खेलिन् । उनले ४७ बलमा ५४ रनको पारी खेलेकी हुन् । नेपालका लागि बलिङमा कप्तान इन्दु बर्मा र राजमती ऐरीले उत्कृष्ट प्रदर्शन गरे । राजमतीले चार ओभरमा १७ रन दिएर तीन विकेट लिइन् । यस्तै, इन्दुले चार ओभरमा एक मेडनसहित १२ रन दिएर महत्वपूर्ण २ विकेट हात पारिन् । पूजा महतो र ईश्वरी विष्टको नाममा एक/एक विकेट रह्यो । नेपालले अब तेस्रो स्थानका लागि हङकङसँग नै खेल्नेछ । यी दुई टिमबीचको खेल आइतबार हुनेछ ।

नेपाल बिहीबार युगान्डासँग पराजित भएपछि फाइनल दौडबाट बाहिरिएको थियो । नेपालले जारी प्रतियोगितामा ६ म्याच खेल्दासम्म चारमा हार तथा दुई खेलमा मात्र जित निकाल्यो । नेपाल नामिबियासँग ६ विकेट र २३ रनले पराजित भएको थियो । यस्तै, नेपाल हङकङसँग दुई रनले स्तब्ध भयो । नेपालले युगान्डालाई पहिलो खेलमा एक विकेटले हराउँदा दोस्रो भेटमा ४१ रनको हार बेहोरेको थियो ।