मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी प्रदेशमाथि मधेशको १६५ रनको फराकिलो जित

कोशी प्रदेशमाथि मधेशको १६५ रनको फराकिलो जित

न्यूजस्टोरी

काठमाडौं । जारी पीएम कप अन्तर्गत मधेश प्रदेशले विजयी सुरुवात गरेको छ । मंगलबार सम्पन्न खेलमा मधेश प्रदेशले कोशी प्रदेशमाथि १६५ रनको फराकिलो जित हासिल गरेको हो ।

मधेश प्रदेशले दिएको २८५ रनको लक्ष्य पछाएको कोशी प्रदेशले २२ ओभरमा अल आउट हुँदै ११९ रन मात्र बनाएको थियो । कोशी प्रदेशको ब्याटिङ लाइनलाई ध्वस्त गर्नेक्रममा मधेशका रूपेश सिंहले ५ विकेट लिएका थिए भने राजेश यादवले ३ विकेट लिएका छन् । यसअघि पहिला ब्याटिङ गरेको मधेश प्रदेशले ५० ओभरमा ६ विकेट गुमाउँदै २८४ रन बनाएको थियो ।

मधेशका लागि पवन सराफले सर्वाधिक ९२ रन बनाए भने कप्तान अनिल शाहले ७५ एन बनाए भने दिपेश दासले ५६ रन बनाएका थिए । यो जितपछि मधेश प्रदेशले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ भने कोशी प्रदेशले लगातार दोस्रो हार बेहोरेको छ ।