काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल भइरहेका छन् ।
मधेस प्रदेश र कोशी प्रदेशबीचको खेल सिद्धार्थनगरमा भइरहेको छ । खेलमा मधेसले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । मधेसले ठोस शुरुआत गरेको छ । मधेसका कप्तान अनिल साहले संयमित ब्याटिङ गरेका छन् । त्यस्तै कर्णाली र गण्डकीको खेल लमहीमा भइरहेको छ । खेलमा गण्डकीले टस जितेर बलिङ रोजेसँगै कर्णालीले ब्याटिङ गरिरहेको छ ।
कर्णालीले खराब शुरुआत गरेको छ । १० टोली सहभागी प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र नेपाल पुलिस क्लबले विजयी शुरुआत गरेका छन् ।


प्रतिक्रिया