मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनगाभा सैनामैना गोल्डकप उपाधिका लागि कपिलवस्तु ११ र अभिषेक चर्च भिड्ने

सुनगाभा सैनामैना गोल्डकप उपाधिका लागि कपिलवस्तु ११ र अभिषेक चर्च भिड्ने

न्यूजस्टोरी

सैनामैना, २६ फागुन । रुपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप २०८१ को दोस्रो सेमिफाइनल खेल पेनाल्टी सुट आउटमा कपिलवस्तु ११ विजय भएको छ । निर्धारित समयमा कुनै पनि टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो ।

महावीर क्लब काठमाडौंका खेलाडी जर्सी नम्बर ७ का अरुण चौधरीको बल बाहिरिएपछि प्रतियोगितामा कपिलवस्तु ११ फाइनल प्रवेश गरेको प्रतियोगिताका संयोजक अशोक खड्काले जानकारी दिए ।
मुर्गिया फुटबल क्लब, सैनामैना-४, मुर्गियाको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।
त्यस्तै सुनगाभा पब्लिक स्कुल, सैनामैना मुख्य प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि ४०-४० हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष प्रबिन भारीले बताए । फाइनल खेल यही फागुन २८ गतेका दिन हुनेछ ।