मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लगातार ओरालो यात्रामा बजार, कारोबारसहित नेप्से साढे २० अंकले घट्यो

लगातार ओरालो यात्रामा बजार, कारोबारसहित नेप्से साढे २० अंकले घट्यो

न्यूजस्टोरी

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजारमा पहिरो गएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.६८ अंकले घटेर २७५१.४२ विन्दुमा पुगेको छ ।

नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार रुपैयाँ बाराबरको १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता शेयर मात्र कारोबार भएको छ । सोमबार ४४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ ।

सोमबार दिनभरमा ३११ वटा कम्पनीको शेयर ८७ हजार १५६ पटक किनबेच भएको छ । १३ वटा समूहमध्ये अन्य समूहबाहेक सबै समूह राताम्य भएका छन् । आज अन्य समूह भने ०.०८ प्रतिशतले बढको छ । सबैभन्दा बढी म्युचुअल फण्ड समूह ३.०६ प्रतिशतले घटेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.४४ प्रतिशतले घटेको छ ।