मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री कप क्रिकेट: बागमतीविरुद्ध आर्मीका सन्तोषले हिर्काए अर्धशतक

प्रधानमन्त्री कप क्रिकेट: बागमतीविरुद्ध आर्मीका सन्तोषले हिर्काए अर्धशतक

न्यूजस्टोरी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत आज पनि तीन खेल भइरहेका छन् । प्रतियोगीताको दोस्रो दिन आज सिद्धार्थ रंगशालामा आर्मी क्लब र बागमती प्रदेश, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब तथा लमही क्रिकेट मैदानमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबिच खेल भइरहेको छ ।

सिद्धार्थ रंगशालामा जारी आर्मी क्लब र बागमती प्रदेशबीचको खेलमा आर्मीका सन्तोष कार्कीले अर्धशतक हिर्काएका छन् । टस जितेर पहिले ब्याटिङ थालेको आर्मीका लागि सन्तोषले ७९ बलमा ७ चौकाको मद्ध्तमा अर्धशतक पूरा गरेका हुन् ।

ताजा अवस्थामा आर्मीले २९ ओभरमा १ विकेट गुमाएर १२५ रन जोडेको छ । आर्मीका लागि सन्तोष ६६ र भीम सार्की ४ रन जोडेर खेलिरहेका छन् ।

उता आजै जारी अर्को खेलमा लुम्बिनी विरुद्ध पुलिसले ब्याटिङ गरिरहेको छ । पुलिसले ३१ ओभरमा ४ विकेट गुमाएर १२५ रन जोडेको छ । त्यस्तै अर्को खेलमा सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरिरहेको गण्डकीले ३५ ओभरमा १११ रन जोडेको छ ।