मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिजो कीर्तिमान बनाएको सुनको भाउ आज आठ सय रुपैयाँले घट्यो

हिजो कीर्तिमान बनाएको सुनको भाउ आज आठ सय रुपैयाँले घट्यो

न्यूजस्टोरी

काठमाडौं, १४ फागुन । हिजो कीर्तिमान बनाएको सुनको भाउ आज आठ सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आठ सय रुपैयाँले घटेर तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ३० रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ४० रुपैयाँ कायम भएको छ ।