मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साताकाे दाेस्राे दिन नेप्से ३.३५ अंकले बढ्यो ८० करोड ६७ लाख रुपैयाँको कारोबार

साताकाे दाेस्राे दिन नेप्से ३.३५ अंकले बढ्यो ८० करोड ६७ लाख रुपैयाँको कारोबार

न्यूजस्टोरी

काठमाडौं । साताकाे दाेस्राे काराेबारकाे दिन शेयर बजारमा झिनो अंककाे सुधार देखिएकाे छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज शेयर बजार नेप्से परिसूचक ३ दशलमव ३५ अंकले बढेर २,७५८ को विन्दुमा कायम भएको छ । आज ९० कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरिमा ३१० कम्पनीको २ करोड ११ लाख १० हजार ६१९ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८९ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको हो । नेपाल पुनर्बीमा कम्पनीकाे ८० करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ४४ करोड ९४ लाखको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गार्डिन मायक्रो लाइफका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । राप्ती हाइड्रोका लगानकिर्ताले ९ दशलमव ४७ प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल बालाजूका लगानकिर्ताले ८ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।