मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सविक विजेता म्यानचेस्टर सिटीको पोस्टमा आर्सनलका झण्डै आधा दर्जन गोल

सविक विजेता म्यानचेस्टर सिटीको पोस्टमा आर्सनलका झण्डै आधा दर्जन गोल

न्यूजस्टोरी

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलको साविक विजेता म्यानचेस्टर सिटीको पोस्टमा आर्सनलले झण्डै आधा दर्जन गोल ठोकेको छ ।

आइतबार राति घरेलु मैदान इमिरेट्स रङ्गशालामा भएको खेलमा आर्सनलले सिटीमाथि ५–१ गोलअन्तरको सानदार जित हासिल गरेको हो । इमिरेट्स रंगशालामा घरेलु टोलीलाई जित दिलाउन कप्तान मार्टिन ओडिगार्ड, थोमस पेर्टी, मायल्स लुइस–स्केली, काई हाभर्टज र इथान एन्वानेरीले गोल गरे । सिटीका लागि एर्लिङ हालान्डले सान्त्वना गोल फर्काए ।

खेलको दोस्रो मिनेटमै ओडिगार्डको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । ५५औं मिनेटमा हालान्डले सिटीका लागि बराबरी गोल फर्काए । त्यसको एक मिनेटपछि नै पेर्टीले गोल गर्दा आर्सनल २–१ ले अगाडि बढ्यो । त्यसपछि स्केलीले ६२ र हाभर्टजले ७६औं मिनेटमा गोल थपे । यसपछि इन्जुरी समयमा एन्वानेरीले गोल गर्दै आर्सनललाई ५–१ को सहज जित दिलाए ।

आइतबारै सम्पन्न अन्य खेलमा टोटनहम हटस्परले ब्रेन्टफोर्ड तथा क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडलाई समान २–० ले पराजित गरे । लिगका पछिल्ला १४ खेलमा अपराजित आर्सनलले २४ खेलबाट ५० अङ्क जोडेको छ । पराजित सिटी समान खेलबाट ४१ अङ्कसहित चौथो स्थानमा छ । लिगको शीर्ष स्थानमा लिभरपुल र तेस्रोमा नथिङ्गम फरेस्ट छन् ।