काठमाडौं । सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। स्थानीय बजारमा प्रतितोला सुनको मूल्य दुई हजार तीन सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख ६० हजार पाँच सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेर एक हजार नौ सय १५ मा कारोबार भइरहेको छ।
बिहीबार सोही परिमाणको चाँदी एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया